खाजाखाँदै गरेका इन्जिनियर सहित ३ जना बाढी आएको थाहापाएपछि गाडी चढेर भा ग्न खोज्दा बगायो पसलको समेत नामोनिसान छैन

समाचार

काठमाडौ । पर्वतमा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतमा रहेको आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजर इन्जिनियर र चालकसहित बाढीले बगाएको गाडीको केही भाग फेला परेको छ । गाडीको केही भाग मोदी खोलामा देखिएको हो । अहिले प्रहरी र स्थानियको टोली मिलेर उद्दार सुरु गरेको छ । कुश्मा नगरपालिका–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले बगाउँदा मंगलबार राति साढे १० इन्जिनियर सहित ३ जना बसेको गाडी नै बगाएको थियो ।

गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब ५०० मिटर तल गाडीको केही भाग देखिएको हो। बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन्। अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । निरीक्षक राजेन्द्र अधिकारीले उनीहरुको खोजी थालिएको भएपनि फेला पार्न नसकेको जनाएका छन् ।

सुन्दरे खोलाको छेवैमा रहेका टहरामा राखिएका पसलमा खाजा खाँदै गर्दा बाढी आएको खबर पाएपछि उनीहरु गाडी चढेर भा ग्ने कोशिष गरेका थिए । टहरोमा रहेका अरु भने पैदलै भा गे । उनीहरु गाडी चढेर भा ग्न खोज्दा बाढीले भेटाएको थियो । त्यो ठाउँमा पाँचवटा टहरामा पसल गरिएका थिए। ती कुनैको पनि अहिलेसम्म नामोनिसान केही पनि छैन। सबैजना दौडेर भा गे छन्, उहाँहरू गाडीमा जानुभएछ,’ स्थानियले भने, ‘गाडी खोल्नुपर्‍यो, ढोका ल क गर्नुपर्‍यो, स्टार्ट गर्नुपर्‍यो। ती सबै गरुञ्जेल ढिला भइसकेछ, बाढीले गाडी भेटिहालेछ, बगाइहालेछ।’ तस्बिर : थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *