मनकामना स्मार्ट लघुवित्तको आइपीओमा कति पर्यो आवेदन

समाचार

काठमाडौं, २२ असार । मनकामना स्मार्ट लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म माग भन्दा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा आइपीओमा ७३ गुणा बढीको आवेदन परेको कम्पनीले जनाएको छ । आइतबार बेलुकासम्म साढे ५ बजेसम्ममा २० लाख ३६ हजार २ सय ४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

कम्पनीले ३ करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० अङ्कित दरका ३ लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । त्यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *