चितवनमा यो के हुदैँछ ? फेरि हराइन् अर्की युवती

समाचार

चितवनमा यो के हुदैँछ ? फेरि हराइन् अर्की युवती !
नवलपुर जिल्लाको गैडाकोट–४ की २१ वर्षिया विना सापकोटा पनि आठ दिनदेखि बेपत्ता रहेको तथ्य बाहिर आएको छ । असार १४ गते रातिदेखि बेपत्ता सापकोटाको खोजी जारी रहे पनि हालसम्म कुनै सुराक प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । बिनाका बुबा जायेश्वर सापकोटाले पनि लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको जानकारी दिए । ‘लगातार खोजेका छौँ, चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका छौँ । तर, अहिलेसम्म कुनै खोजखबर छैन,’ सापकोटाले भने ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्किएकी थिइन् । असार १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो । उनले हराएको राति ३ पटक कुरा भएको र त्यसपछि छोरीको आवाज सुन्न नपाएको बताए ।

यता अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले सो घटनाको अनुसन्धानको लागि एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *